सुजुकीको ‘ग्राण्ड भिटारा’ र नयाँ ‘ब्रेजा’ सार्वजनिक

सुजुकीको ‘ग्राण्ड भिटारा’ र नयाँ ‘ब्रेजा’ सार्वजनिक

काठमाडौं : नेपालका लागि सुजुकी व्राण्डका चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सीजी मोटोक्रपले दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र  ‘ब्रेजा’ सार्वजनिक गरेको छ।

‘द ग्राण्ड भिटारा’, सुजुकीको बहुप्रतिष्ठित मोडेल हो।

यो नयाँ संस्करणको ग्राण्ड भिटारामा कम्पनीले अरुभन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरेको छ।

सुजुकीको लेजेण्डरी ‘अल ग्रिप’ टेक्नोलोजीले यस एसयूभीको अफ-रोड क्षमता बढाएको छ भने यो सेग्मेन्टको एसयूभीमा नभएको थुप्रै नयाँ फिचर्सहरु पनि यसमा पाउन सकिन्छ।

ग्राण्ड भिटारामा भारतीय बजारमै पहिलो पटक, अत्याधुनिक र कम इन्धन खपत गर्ने पूर्ण हाइव्रिड प्रविधियुक्त इन्जिन प्रयोग गरिएको बताइएको छ।  

पुरानो संस्करणको भिटारा ब्रेजा, नेपालकै सर्वाधिक बिक्रि हुने एसयूभी हो। ब्रेजामा अत्याधुनिक प्रविधिहरू र नेक्स्ट-जेनेरेशनको आराम र सुविधाजनक फिचर्सहरु पाउन सकिनेछ।

यो स्पोर्टी एसयूभीले स्टाइलिस, नयाँ डिजाइन, शक्तिशाली पर्फोमेन्स, उन्नत सुरक्षा सुविधाहरू प्रदान गरेको छ।

निकै प्रतिस्पर्धी एसयूभी सेग्मेन्टमा यी दुई एसयूभीले सुजुकीको उपस्थितिलाई अझै मजबुत बनाउने विश्वास कम्पनीले लिएको छ।

फागुन २८, २०७९ आइतबार १०:१७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।