खराब फर्ममा रहेका ज्ञानेन्द्र यूएईविरुद्ध प्लेइङ ११ मा परेनन्, करण पनि बेन्चमा

खराब फर्ममा रहेका ज्ञानेन्द्र यूएईविरुद्ध प्लेइङ ११ मा परेनन्, करण पनि बेन्चमा

काठमाडौं : अनुभवी खेलाडी ज्ञानेन्द्र मल्ल र करण केसी यूएईविरुद्धको आजको खेलमा नेपाली टिममा परेका छैनन्।

आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक एकदिवसीय (ओडीआई) सिरिज अन्तर्गतको दोस्रो खेलमा मल्ल र केसी बेन्चमा परेका हुन्।

यी दुई खेलाडीको ठाउँमा गुलशन झा र ललितनारायण राजवंशीलाई आजको खेलमा मौका दिइएको छ।

विशेष गरि पूर्व कप्तान ज्ञानेन्द्र मल्लको प्रदर्शन लगातार रुपमा खस्किएको छ। उनले लिग-२ का पछिल्ला ९ खेल मध्ये मात्र एक खेलमा ५० भन्दा माथिको स्कोर बनाएका छन्।

नेपालले खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

टीयू क्रिकेट मैदानमा हुने यो खेल जितेमा नेपालको आगामी चार वर्षका लागि अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले दिएको एकदिवसीय (ओडीआई) मान्यता कायमै रहनेछ।

लिग-२ कै गत हप्ता यूएईमा भएको सिरिजको अन्तिम खेलमा नेपालले यूएईलाई ४२ रनले हराएको थियो। 

फागुन २८, २०७९ आइतबार ०९:०५:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।