लगातार दुई पटक राष्ट्रपति बनेकी भण्डारीको कार्यकाल सकियो, भोलि शीतल निवास छाड्ने

लगातार दुई पटक राष्ट्रपति बनेकी भण्डारीको कार्यकाल सकियो, भोलि शीतल निवास छाड्ने

काठमाडौं : दुई कार्यकाल नेपालको राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीको कार्यकाल आज (आइतबार) सकिँदैछ।

कार्यकाल सकिएसँग भण्डारी भोलि (सोमबार) शीतल निवास छाडेर निजी निवास बूढानीलकण्ठ सर्ने तयारीमा छिन्।

गत बिहीबार भएको निर्वाचनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नयाँ राष्ट्रपतिमा निर्वाचित भइसकेका छन्। पौडेलले भोलि (सोमबार) नै शपथ ग्रहण गर्दैछन्।

भण्डारी २०७२ साल कात्तिक ११ गते पहिलो पटक राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन्। यसपछि उनी २०७४ साल फागुन २९ गते पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएकी थिइन्।

फागुन २८, २०७९ आइतबार ०८:३९:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।