बहराइन उड्यो सभामुख घिमिरे नेतृत्वको टोली

काठमाडाैं : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे नेतृत्वको टाेली शुक्रबार बहराइन प्रस्थान गरेको छ।
फागुन २७ देखि चैत १ गतेसम्म बहराइनको मानामामा सञ्चालन हुने अन्तरव्यवस्थापिका संघको १४६औं महासभामा सहभागी हुन नौ सदस्यीय टाेली बहराइन प्रस्थान गरेको हो।
प्रतिनिधिमण्डलमा प्रतिनिधिसभाका सांसद रमेश लेखक, हितराज पाण्डे, सन्तोष परियार, राष्ट्रियसभाका सांसद इन्दु कडरिया, संघीय संसद्का महासचिव डा. भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई र सङ्घीय संसद् सचिवालयका शाखा अधिकृत राजन घिमिरे छन्।
महासभामा सभामुख घिमिरेले ‘प्रमोटिङ, पिसफूल को-एग्जिस्टेन्स एण्ड इनक्लुसिभ सोसाइटिज् : फाइटिङ इनटलरेन्स’ विषयमा जेनेरल डिबेटमा संघीय संसद्का तर्फबाट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम छ।
महासभा अवधिभर प्रतिनिधिमण्डलले विभिन्न बैठकमा भाग लिनेछ।
फागुन २७, २०७९ शनिबार ०८:३७:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।