थ्री स्टारले जित्यो लिगमा पहिलो खेल

काठमाडौं : खुमलटार युथ क्लबलाई हराउँदै थ्री स्टार क्लवले जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा थ्री स्टारले खुमलटार युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै लिगमा पहिलो जित निकालेको हो।
निकै प्रतिष्पर्धात्मक बनेको खेलमा थ्री स्टार दोस्रो हाफमा मात्र गोल निकाल्न सफल भएको थियो। थ्री स्टारको जितमा अजयी मार्टिन्सले दुई गोल गरेका हुन्।
खेलको ५४ औं मिनेटमा मार्टिन्सले गोल गर्दै थ्री स्टारलाई सुरवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ८३ औं मिनेटमा मार्टिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै थ्री स्टारको २–० को जित निश्चित गरेका थिए।
जितसँगै थ्री स्टारले ३ खेलमा ४ अंक जोडेको छ। यसै सिजन बढुवा भएको खुमलटारले भने लिगमा दोस्रो हार भोगेको छ। खुमलटारको ३ खेलमा ३ अंक छ।
फागुन २६, २०७९ शुक्रबार २०:५४:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।