अब म प्रधानमन्त्री हुन्छु कि भन्ने लागिराख्या छ : गगन थापा

अब म प्रधानमन्त्री हुन्छु कि भन्ने लागिराख्या छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू प्रधानमन्त्री हुने बाटोतिर गइरहेको जस्तो आभास भइरहेको बताएका छन्।

शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन–२०७९’ लाई सम्बोधन गर्दै उनले सो टिप्पणी गरेका हुन्।

अन्तिम वक्ता रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल कार्यक्रममा नआएपछि थापा सो सम्मेलनको अन्तिम वक्ता भएका थिए।

प्रधानमन्त्री नआएकाले आज अन्तिम वक्ता भएको बताउँदै उनले हिजो (फागुन २५) गते पनि पार्टीका सभापति शेरबहादुर देउवा नआएपछि आफूले अन्तिम वक्ताको रुपमा एक कार्यक्रमलाई सम्बोधन गर्ने अवसर पाएकाले आफू अब यथार्थमा प्रधानमन्त्री हुन लागेको हो कि भन्ने लागेको उनको भनाई थियो।

उनले भने, ‘आज प्रधानमन्त्रीजी अरु केही व्यस्तताका कारण आउन पाउनु भएन। हिजो सभागृहमा यस्तै कार्यक्रम थियो। मेरो पार्टी सभापति बस्ने कुर्सी त्यहाँ निर थियो। पार्टी सभापति आई पुग्नु भएन। त्यसपछि अन्तिम वक्ता म भएँ। आज प्रधानमन्त्री आई पुग्नु भएन। अन्तिम वक्ता म भएँ। सब्सिच्यूट भईराख्या छु। त्यो रियल हुने बाटोतिर गएको हो कि भन्ने कुरा राख्न चाहन्छु।’

फागुन २६, २०७९ शुक्रबार १९:३६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।