सभामुख घिमिरेको पहिलो विदेश भ्रमण बहराइन, शुक्रबार प्रस्थान गर्ने

सभामुख घिमिरेको पहिलो विदेश भ्रमण बहराइन, शुक्रबार प्रस्थान गर्ने

काठमाडौं : सभामुख देवराज घिमिरेले शुक्रबार बहराइन जाने भएका छन्।

सभामुख निर्वाचित भएपछि उनी पहिलोपटक विदेश भ्रमणमा जान लागेका हुन्।

नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ जान लागेकोसंघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए।

आगामी चैत २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका संघको १४६औं बैठकमा भाग लिन घिमिरे त्यसतर्फ जान लागेका हुन्।

सभामुख घिमिरेले नेपालको तर्फबाट सो बैठकमा सम्बोधन गर्नेछन्।

बैठकमा घिमिरेसँगै कांग्रेसका मुख्य सचेतक रमेश लेखक, एमालेका राष्ट्रियसभा सदस्य इन्दु खकडरीया, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार तथा संसद् सचिवालयका महासचिव भरतराज गौतम र प्रतिनिधिसभाका सचिव गोपाल योगी सहभागी हुनेछन्।

फागुन २६, २०७९ शुक्रबार ०७:३८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।