पौडेल राष्ट्रपति बनेपछि देउवाले भने - ‘मेरा मित्र रामचन्द्रजीलाई हार्दिक बधाई’

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएका छन्।
राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भए लगतै सामाजिक सञ्जालमार्फत सभापति देउवाले बधाई दिएका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रपतिमा निर्वाचित हुनु भएकोमा मेरा मित्र रामचन्द्र पौडेलजीलाई हार्दिक बधाई।’
आज भएको राष्ट्रपति निर्वाचनमा पूर्व सभामुख तथा एमाले नेता सुवास चन्द्र नेम्वाङलाई हराउँदै पौडेल देशको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन्।
फागुन २५, २०७९ बिहीबार १८:१६:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।