८ दलीय गठबन्धनको समर्थनमा जसपाले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने

८ दलीय गठबन्धनको समर्थनमा जसपाले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले ३ चैतमा हने उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको हो।

बैठकले केन्द्रीय कार्यकारिणी समिति सदस्य रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।  

उपराष्ट्रपतिमा यादवलाई नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी लगायत ८ दलीय गठबन्धनको समर्थन रहने छ।

फागुन २५, २०७९ बिहीबार १७:३८:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।