​​​​​​​राप्रपाले राष्ट्रपति निर्वाचनमा मतदान नगरेर मलाई नै सहयोग भयो : रामचन्द्र पौडेल

​​​​​​​राप्रपाले राष्ट्रपति निर्वाचनमा मतदान नगरेर मलाई नै सहयोग भयो : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार बनेका रामचन्द्र पौडेलले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मतदान नगरेर आफ्नै सहयोग गरेको बताएका छन्।

बिहीबार राष्ट्रपति निर्वाचनका लागि मतदान गरिसके पछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो राष्ट्रपति बनेर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्य रहेको बताए।

साथै उनले संविधानको अक्षरशः भावनालाई इमान्दारिता पूर्वक पालना गर्ने कुरामा आफूलाई समर्पित गर्ने प्रतिवद्धता जनाए।

उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्य हो मेरो। संविधानको अक्षरशः भावनालाई इमान्दारिता पूर्वक पालना गर्ने कुरामा आफूलाई समर्पित गर्छु। गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्ने कुरामा म सचेत छु। सबैले माया गरेका छन्, सबैको विश्वासमा रहनेछु।’

फागुन २५, २०७९ बिहीबार १५:०२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।