चार सांसद् रहेको नेपाल मजदुर किसान पार्टीले राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने

चार सांसद् रहेको नेपाल मजदुर किसान पार्टीले राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने

काठमाडौं : नेपाल मजदुर किसान पार्टीले राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने निर्णय गरेको छ।

पार्टीको केन्द्रीय सचिवालयको बैठकले कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले जानकारी दिए।

उनका अनुसार बैठकले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विषयमा कांग्रेस र एमालेको दृष्टिकोणमा तात्त्विक अन्तर नभएको निष्कर्ष निकाल्दै राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको हो।

नेपकिपाका संघमा १ जना र प्रदेशमा ३ जना गरी ४ सांसद् छन्। यसअघि राप्रपाले पनि राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको थियो।

नयाँ राष्ट्रपति चयनका लागि बिहीबार मतदान जारी छ।

फागुन २५, २०७९ बिहीबार १२:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।