एकदिवसीय क्रिकेटमा आशिफको पहिलाे शतक

काठमाडौं : नेपाली क्रिकेट टिमका ओपनर आसिफ शेखले एकदिवसीय क्रिकेटमा पहिलाे शतक प्रहार गरेका छन्।
आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा पीएनजीविरुद्ध आसिफले शतक प्रहार गरेका हुन्। आशिफले १०१ बलमा १० चौका र २ छक्काको मद्दतले १ सय रन पूरा गरेका हुन्।
सन् २०२१मा सेप्टेम्बर ७ मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका आसिफले योसहित नेपालका लागि ३२ खेल खेलेका छन्। जहाँ उनको नाममा ८ अर्धशतक बनेकाे छ। यसअघि, उनले एउटा इनिङमा बनाएको सबैभन्दा धेरै रन ९० हो।
आसिफ नेपालका लागि एकदिवसीय क्रिकेटमा सबै भन्दा धेरै रन बनाउने दोस्रो खेलाडी हुन्। पहिलो नम्बरमा कप्तान रोहित पौडेल छन्।
तेस्रोमा ८ सय ५६ रन सहित ज्ञानेन्द्र मल्ल रहँदा चौथोमा कुशल भुर्तेल र पाँचौंमा आरिफ शेख छन्।
फागुन २५, २०७९ बिहीबार ११:५०:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।