रास्वपाको पदाधिकारी र संसदीय दलको बैठक बस्दै, राष्ट्रपति निर्वाचनबारे निर्णय लिने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी र संसदीय दलको बैठक बस्दैछ।
राष्ट्रपति निर्वाचनका लागि अहिलेसम्म कतै पनि नखुलेको रास्वपाले निर्वाचनमा कुन उम्मेदवारलाई मत दिने भन्ने निर्णय गर्न विहान ११ बजे बैठक बोलाएको छ।
१९ सांसद् रहेको पार्टीले बैठकपछि मतदान गर्ने पार्टीका उपसभापति डोलप्रसाद पौडेलले बताए।
मतदान विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ।
राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन्।
फागुन २५, २०७९ बिहीबार ०८:१४:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।