मनाङले निकाल्यो लिगमा पहिलो जित, संकटा १-० ले पराजित

मनाङले निकाल्यो लिगमा पहिलो जित, संकटा १-० ले पराजित

काठमाडौं : यो सिजनको सहिद स्मारक लिगमा मनाङ मर्स्याङ्दी क्लबले पहिलो जित हात पारेको छ।

बुधबार दशरथ रंगशालामा भएको खेलमा मनाङले संकटा क्लबलाई १-० ले हरायो।

मनाङको जितमा एक मात्र निर्णायक गोल उज्बेकिस्तानका खेलाडी साइदजामोलले गरेका थिए। साइदजामोलले खेलको दोस्रो हाफमा गरेको गोल नै मनाङको जितमा पर्याप्त भयो।

यी दुवै टिम लिगको पहिलो खेलमा बराबरीमा रोकिएका थिए भने मनाङको यो पहिलो जित हो। मनाङले २ खेलमा ४ अंक जोड्दा हारपछि संकटाको मात्र १ अंक छ।

फागुन २४, २०७९ बुधबार २०:१६:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।