सातदोबाटोले जित्यो लिगमा लगातार दोस्रो खेल, एपीएफ पराजित

काठमाडौं : सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ।
बुधबार च्यासल रंगशालामा भएको खेलमा सातदोबाटोले विभागीय टोली एपीएफ क्लबलाई १-० ले हरायो।
खेलको ५५ औं मिनेटमा विलियम असियदुलेले गरेको एक मात्र गोल नै सातदोबाटोको जितमा निर्णायक बनेको थियो।
यस जितसँगै सातदोबाटोले दुई खेलमा स्पष्ट ६ अंक जोडेको छ। पहिलो खेलमा थ्री स्टारलाई हराएको एपीएफको भने यो पहिलो हार हो।
फागुन २४, २०७९ बुधबार १७:५६:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।