लिगमा पुलिसको लगातार दोस्रो हार, इन्ज्युरी टाइममा गोल गर्दै हिमालयन शेर्पा विजयी

काठमाडौं : विभागिय टिम नेपाल पुलिस क्लब सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबसँग १-० ले पराजित भएको छ।
लिगमा पुलिसको यो लगातार दोस्रो हार हो।
दशरथ रंगशालामा भएको खेलको इन्ज्युरी टाइममा रोकिन नसक्दा पुलिसले हार भोग्यो। हिमालयन शेर्पाको जितमा डिफेन्डर अमृत श्रेष्ठले इन्ज्युरी टाइममा निर्णायक गोल गरेका थिए।
खेलको पहिलो हाफमा पाएको पेनाल्टीलाई भने शेर्पाले खेर फालेको थियो। ३१ औं मिनेटमा शेर्पाका निशान लिम्बुको पेनाल्टी प्रहारलाई पुलिसका किप्परले बचाएका थिए।
पहिलो खेलमा चर्च ब्वाइजसँग २-१ ले पराजित पुलिसको लिगमा यो लगातार दोस्रो हार हो। पहिलो खेलमा मनाङसँग १-१ को बराबरी खेलको शेर्पाले भने २ खेलमा ४ अंक जोडेको छ ।
फागुन २४, २०७९ बुधबार १७:२०:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।