स्मार्टच्वाईस टेक्नोलोजिज र हिमालयन बैंकबीच सम्झौता

स्मार्टच्वाईस टेक्नोलोजिज र हिमालयन बैंकबीच सम्झौता

काठमाडौं : नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालनको अनुमति पाएको स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) तथा ‘क’ वर्गको वाणिज्य बैंक, हिमालयन बैंकबीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा संचालनको लागी सम्झौता भएको छ।

सम्झौता अनुसार मोबाइल बैंकिङ्ग एप ‘एचआई-एमबी’  प्रयोगकर्ताहरूले भाटभटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटल लगायत स्मार्ट क्यूआरमा आबद्ध भएका मर्चेन्टहरू मार्फत वस्तु तथा सेवा को भुक्तानी सजिलै गर्न सक्ने भएका छन्।

यसैगरी हिमालयन बैंकका मर्चेन्टहरुले पनि स्मार्ट क्यूआरमा आबद्ध भएका बैंक तथा बित्तिय संस्थाका ग्राहकहरु मार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन्।

इ.एम.भी स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्वीच मार्फत कारोबारको भुक्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो मानिन्छ।

विगत २० वर्ष देखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइ बनेको राष्ट्रिय वाणिज्य बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ।

यस सम्झौता पश्चात् राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरूले एससीटी, युपीआइ र डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्नेछन् । साथै, एससीटी र युपीआइ सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटीएम, पोस, इकमर्श जस्ता सेवा सजिलै लिन सक्ने छन्।

फागुन २४, २०७९ बुधबार १६:१०:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।