नारी दिवसमा महिलालाई ए डिभिजन लिगमा फ्रि इन्ट्री

नारी दिवसमा महिलालाई ए डिभिजन लिगमा फ्रि इन्ट्री

काठमाडौं : काठमाडौंमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगको बुधबार भएका सम्पूर्ण खेलहरू महिलाले निःशुल्क हेर्न पाउने भएका छन्।

लिगको टिकेटिङ पार्टनरको रुपमा रहेको एमडीएसी स्पोर्ट्सले एक सूचना निकालेर नारी दिवसको अवसरमा बुधबार महिलाहरूलाई साधारण प्याराफिटर्फ निःशुल्क हेर्न पाउने व्यवस्था मिलाएको जानकारी गराएको हो।

लिगअन्तर्गत आज तीन खेल हुँदैछन्। पहिलो खेल दिउँसो साढे २ बजे एपीएफ क्लब र सातदोबाटो क्लबबीच च्यासल मैदानमा हुँदा दोस्रो खेल सोही समयमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबबीच दशरथ रंगशलाामा हुनेछ।

यस्तै तेस्रो खेल साँझ साढे पाँच बजे दशरथ रंगशलामा मनाङ मर्स्याङ्दी र संकटा क्लबबीच हुनेछ।

अन्य दर्शकले भने सामान्य प्याराफिटतर्फको १ सय रुपैयाँ र भीआईपी प्याराफिट तर्फको ३ सय रुपैयाँमा टिकट किन्नुपर्ने हुन्छ।

फागुन २४, २०७९ बुधबार ११:२५:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।