आइएमई पे र ईपीएस कोरिया शाखाबीच सम्झौता

आइएमई पे र ईपीएस कोरिया शाखाबीच सम्झौता

काठमाडौं : डिजिटल वालेट आइएमई पे र वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाबीच सम्झौता भएको छ।

सम्झौताअनुसार ईपीएस कोरिया शाखामार्फत नेपाली श्रमिकहरूलाई कोरिया पठाउने प्रक्रियाका लागि डिजिटल भुक्तानी सम्बन्धी कार्यको प्रवर्द्धन आइएमई पेले गर्नेछ।

नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभागअन्तर्गत स्थापना भएको ईपीएस कोरिया शाखद्वारा श्रम बजारमा देखिएको समस्या समाधान गर्न नेपाली श्रमिकहरूलाई कोरिया पठाउँदै आएको छ।

सोही प्रक्रिया सम्पन्न गर्न आवेदनको दस्तुर तथा अन्य दस्तुरहरू आइएमई पेबाट भुक्तानी गर्न सक्नेछ।

फागुन २४, २०७९ बुधबार ११:०८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।