
स्वदेश फर्कियो क्रिकेट टाेली, युएईको टीम पनि सँग-सँगै

काठमाडौं : आईससीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलामा खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ।
नेपालसँगै युएई पनि नेपालमा हुने त्रिदेशीय श्रृंखलाका लागि मंगलबार साँझ नेपाल आएको छ। युएई गएको नेपाली टोली मंगलबार साँझ काठमाडौंमा उत्रिएको हो।
विश्वकप छनोट लिग–२ अन्तर्गत विदेशमा आफ्नो अन्तिम त्रिदेशीय श्रृंखला खेलेर नेपाली टोली फर्किएको हो।
युएई भ्रमणका क्रममा नेपालले खेलेका ४ मध्ये ३ खेल जितेको थियो। पपुवा न्युगिनी (पिएनजी) र घरेलु टोली युएईसँग नेपालले २–२ खेल खेलेको थियो।
तीमध्ये पिएनजीसँगका दुवै खेल जितेको थियो भने युएईसँगको पहिलो खेल हारे पनि दोस्रो खेल भने जितेको थियो।
नेपालले स्वदेश फर्किएलगत्तै फेरि पिएनजी र युएईसँग नै घरेलु मैदानमा आईसीसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम सिरिज खेल्दै छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा हुने शृंखलाको खेलको पहिलो खेलमा नेपालले फागुन २५ गते पिएनजीसँग खेल्नेछ।
नेपालले फागुन २८ गते युएईसँग दोस्रो खेल खेल्नेछ। फागुन २९ गते फेरि पिएनजीसँगै नेपालले दोस्रो खेल खेल्नेछ। विश्वकप लिग–२ को अन्तिम खेल चैत २ गते युएईसँग खेल्नेछ।
फागुन २३, २०७९ मंगलबार २१:३९:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।