अञ्जन र अरुणा बने वर्षको उत्कृष्ट खेलाडी

अञ्जन र अरुणा बने वर्षको उत्कृष्ट खेलाडी

काठमाडौं : फुटबल खेलाडी अञ्जन विष्ट र भलिबल खेलाडी अरुणा शाही वर्ष २०६८ को उत्कृष्ट खेलाडी घोषित भएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार एक कार्यक्रमबीच अञ्जन र अरुणालाई वर्षको उत्कृष्ट खेलाडीको उपाधि प्रदान गरेको हो। 

गत वर्ष गरेको प्रदर्शनका आधारमा अञ्जनले पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडीको उपाधि जितेका हुन्।

उनले यस विधामा मनोनयनमा परेका अन्य खेलाडी फुटबलका किरण चेम्जोङ, क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी तथा ब्याडमिन्टनका प्रिन्स दाहाललाई पछि पारे।

अरुणाले भने वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड जित्ने क्रममा क्रिकेटका रुबिना क्षेत्री र सीता रानामगर, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावललाई पछि छाडेकी हुन्।

त्यसैगरी नेपाली महिला राष्ट्रिय भलिबल खेलाडी उषा भण्डारीले स्पोर्ट्स अवार्ड अन्तर्गतको पिपल्स च्वाइस विधाको उपाधि जितेकी छन्।

यस विधामा उनीसँगै फुलटबलका अन्जन विष्ट, क्रिकेटका आसिफ शेख, लन टेनिसकी अभिलाष विष्ट र पौडीकी डुवाना लामा मनोनयनमा परेका थिए।

फागुन २३, २०७९ मंगलबार १७:४७:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।