नेपालका दीपकले जिते एसियन क्रस कन्ट्रीमा ऐतिहासिक स्वर्ण पदक

काठमाडौं : नेपालका दीपक अधिकारीले १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा ऐतिहासिक स्वर्ण पदक जितेका छन्।
उनी काठमाडौंमा भएको च्याम्पियनसिपको सिनियर पुरुषको १० किलोमिटर स्पर्धामा स्वर्ण जित्दै एसियाली स्तरको प्रतियोगितामा सिनियरतर्फ स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनेका हुन्।
उनले फोटो फिनिसमा जापानका डाइची कामिनोले पछि पार्दै स्वर्ण जितेका हुन्। दीपकले ३३ मिनेट ५२.०१ सेकेन्डमा दुरी तय गरे। प्रतिस्पर्धामा नेपाल कै मुकेश बहादुर पालले कास्य पदक हात पारे।
फागुन २३, २०७९ मंगलबार १७:३१:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।