अलमुताइरीले जिते उत्कृष्ट प्रशिक्षकको उपाधि

अलमुताइरीले जिते उत्कृष्ट प्रशिक्षकको उपाधि

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७८ को उत्कृष्ट प्रशिक्षकको उपाधि जितेका छन्।

नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको अवार्ड कार्यक्रममा अलमुताइरी वर्ष २०७८ को उत्कृष्ट प्रशिक्षक घोषित भएका हुन्।

उनकै प्रशिक्षणमा नेपाल माल्दिभ्समा भएको १३ औं साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनलमा पुगेको थियो। साथै उनकै अण्डरमा नेपाल पहिलो पटक एसियन कप छनोटको तेस्रो चरणसम्म पुग्न पनि सफल भएको थियो।

फागुन २३, २०७९ मंगलबार १६:१४:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।