एसियन क्रस कन्ट्री च्याम्पियनसिप : महिलातर्फ नेपालले जित्यो दुई रजत

काठमाडौं : १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा नेपालले सिनियर महिलातर्फ २ रजत पदक जितेको छ।
गोकर्ण गल्फ रिसोर्टमा मंगलबार भएको प्रतिस्पर्धामा सिनियर महिलाको १० किमी दौडमा नेपालका लागि राजपुरा पछाईले रजत पदक जितेकी हुन्।
उनले निर्धारित दुरी ४१ मिनेट ३१ सेकेण्डमा पुरा गरिन्। यस स्पर्धामा जापानकी युवा सरुमिदाले स्वर्ण पदक जितिन्।
यसै स्पर्धाको टिम इभेन्टमा पनि नेपालले रजत पदक जितेको छ। नेपालका लागि रामपुरा पछाई, पुष्पा भण्डारी र वृन्द्रा धनाके श्रेष्ठले २ घण्टा ७ मिनेट ५७ सेकेण्डको टाइमिङ सहित रजत पदक जितेका हुन्।
नेपालले जुनियर महिलामा २ रजत र जुनियर पुरुषमा १ कास्य पदक जितेको छ।
फागुन २३, २०७९ मंगलबार १६:०१:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।