राष्ट्रपति निर्वाचनबारे राप्रपा र रास्वपा अझै अनिर्णित, बुधबार र बिहीबार बैठक

काठमाडौं : आगामी बिहीबार हुने राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अझै पनि निर्णय गर्न सकेको छैन।
राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न राप्रपाले बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ।
यस्तै संसदको चौथो ठूलो शक्ति रास्वपाले निर्वाचनकै दिन विहान बैठक राखेको छ। सोमबार रातिदेखि नै मौन अवधि सुरु उनीहरुले अब आफ्नो कित्ता क्लियर गर्न भने पाउने छैनन्।
मौन अवघिपछि बैठक राख्नुले पनि दुवै दलले आफ्ना सांसद्हरुलाई स्वतन्त्र रुपमा मतदानका लागि निर्देशन दिनसक्ने बुझिएको छ। यद्यपि राप्रपा भने तटस्थ बस्नसक्ने कतिपयको अनुमान छ।
बिहीबार हुने राष्ट्रपति निर्वाचनमा नौ दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले)का तर्फबाट सुवास नेम्वाङ उम्मेदवार छन्।
फागुन २३, २०७९ मंगलबार १३:३८:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।