घट्यो सुनको मूल्य, कति पुग्यो?

घट्यो सुनको मूल्य, कति पुग्यो?

काठमाडौं : आज (मंगलबार) छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रति तोला तीन सय रुपैयाँले घटेको छ।

सोमबार सुन प्रति तोला एक लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज भने सुनको मूल्य प्रति तोला एक लाख दुई हजार पाँच सय रुपैयाँ तोकेको छ।

त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि प्रति तोला तीन सयले घटेर एक लाख दुई हजार रुपैयाँ कायम भएको छ।

आज चाँदीको मूल्य पनि अघिल्लो कारोबार मूल्यका तुलनामा प्रति तोला १० रुपैयाँले घटेर एक हजार दुई सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

फागुन २३, २०७९ मंगलबार ११:४७:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।