अर्का फुटबल स्टार सुनिल बल पनि अस्ट्रेलिया भासिए

अर्का फुटबल स्टार सुनिल बल पनि अस्ट्रेलिया भासिए

काठमाडौं : राजधानीमा शहीद स्मारक ए डिभिजन राष्ट्रिय लिग चलिरहँदा घरेलु फुटबलका अर्का स्टार खेलाडी सुनिल बल पनि विदेशिएका छन्।

नेपाली राष्ट्रिय टिमका एक महत्वपूर्ण खेलाडी सुनिल अष्ट्रेलिया प्रस्थान गरेका हुन्। फुटबलमा केही वर्ष बिताए पनि उनी सुरक्षित भविष्यको खोजीमा अष्ट्रेलिया गएका छन्।

यसै सिजनमा संकटामा अनुबन्धित भएका उनले जारी लिगमा पहिलो खेलमात्र खेल्न भ्याए। सो खेलमा संकटाले त्रिभुवन आर्मीसँग गोलरहित बराबरी खेल्यो।

घरेलु फुटबलका प्रभावशाली र अनुभवी मिडफिल्डरका रुपमा परिचित सुनिललाई संकटाले कप्तान नियुक्त गर्दै नयाँ सिजनका लागि टिम तयार गरेको थियो।

यसअघि पनि केही नेपाली फुटबल खेलाडी सुरक्षित भविष्यको खोजीमा विदेश गइसकेका छन्।

घरेलु फुटबल नियमित रुपमा नहुनु, फुटबलभित्रको फोहोरी राजनीति, पारिश्रमिक र वर्षभरि फुटबलमा संलग्न हुन नपाउँदा नेपाली फुटबलरहरु धमाधम विदेश जान थालेका छन्।

फागुन २२, २०७९ सोमबार २१:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।