यूएईविरुद्ध नेपालको खराब सुरुवात, ६८ रनमै गयो पाँच विकेट

यूएईविरुद्ध नेपालको खराब सुरुवात, ६८ रनमै गयो पाँच विकेट

काठमाडौं : नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा यूएईविरुद्ध खराब सुरुवात गरेको छ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालको १०० रन नजोड्दै पाँच विकेट खसिसकेको छ। नेपालले मात्र ६८ रन जाेड्दा पाँचौ विकेट खसेको थियो।

नेपालका ओपनर ज्ञानेन्द्र मल्ल ११ र आसिफ शेख ६ रनमा आउट हुँदा कप्तान रोहित पौडेल पनि मात्र एक रनमा पेभेलियन फर्किए। दीपेन्द्र सिंह चार रनमा आउट हुँदा कुशल मल्लले सर्वाधिक ३२ रनको योगदान दिएका थिए।

नेपालले लिग-२ मा हालसम्म यूएईलाई हराउन सकेको छैन। तर जारी लिगको शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्न आजको खेलमा नेपालले यूएईलाई हराउनै पर्ने दबाब रहेको छ।

यो खेल समेत लिगमा अब पाँच खेल बाँकी रहँदा नेपाललाई लिग तालिकाको शीर्ष पाँचमा रहँदै सोझै एकदिवसीय मान्यता जोगाउन तीन खेल जित्नुपर्ने हुन्छ।

लिग-२ मा यूएई ३१ खेलमा ३१ अंकका साथ पाँचौं स्थानमा छ भने समान खेलबाट ३० अंक रहेको नेपाल छैटौं स्थानमा छ।

फागुन २२, २०७९ सोमबार १३:३५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।