विश्वकप लिग २ मा नेपाल र यूएई भिड्दै

विश्वकप लिग २ मा नेपाल र यूएई भिड्दै
तस्बिर : क्यान

काठमाडौं: यूएईमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत आज नेपाल र यूएई भिड्दैछन्। यस शृङ्खलाको अन्तिम खेलमा नेपालले यूएईको सामना गर्न लागेको हो।

खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान ११:४५ बाट सुरु हुनेछ। यसअघि यूएईसँगको पहिलो
खेलमा नेपाल पराजित भएको थियो।

नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अङ्कका साथ तालिकाको छैटौँ स्थानमा छ। यूएई ३१ खेलमा १४
मा जित र १४ मा हारसहित ३१ अङ्कका साथ पाँचौँ स्थानमा छ।

फागुन २२, २०७९ सोमबार ०९:२७:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।