डिफेन्डिङ च्याम्पियन मछिन्द्रले गर्यो हारबाट लिगको सुरुवात, जावलाखेलको सानदार जित

काठमाडौं : डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लब सहिद स्मारक ए डिभिजन लिगको पहिलो खेलमै पराजित भएको छ।
आज (आइतबार) दशरथ रंगशालमा भएको खेलमा दोस्रो हाफमा पूनरागमनसहित मछिन्द्रलाई ३-१ ले पराजित गर्दै जावलाखेल युथ क्लबले विजयी सुरुवात गरेको हो।
खेलमा पहिले मछिन्द्रले एक गोलको अग्रता कायम गरे पनि जावलाखेलले सानदार कमब्याक गर्यो।
खेलको २४औं मिनेटमा देवेन्द्र तामाङको गोलमार्फत मछिन्द्रले अग्रता बनाएको थियो। तर दोस्रो हाफमा खेलमा फर्किएको जाउलाखेलका लागि ५९औं मिनेट हिसुब थपलियाले बराबरी गोल फर्काए।
यसपछि ६४औं मिनेटमा विदेशी खेलाडी मासोबी र ७६औं मिनेटमा कप्तान सिमान्त थापाले गोल गर्दै जाउलाखेलको जित पक्का गरेका थिए।
फागुन २१, २०७९ आइतबार २०:०७:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।