‘स्मार्टच्वाईस टेक्नोलोजिज’ र माछापुच्छ्रे बैंकबीच सम्झौता, रेमिट्याप वालेटमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्न सकिने

काठमाडौं : नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालनको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र ‘क’ वर्गको वाणिज्य बैंक माछापुच्छ्रे बैंकबीच बैंकद्वारा संचालित रेमिट्याप वालेटमा स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा संचालनका लागि सम्झौता सम्पन्न भएको छ।
सम्झौता पत्रमा स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र माछापुच्छ्रे बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापाले हस्ताक्षर गरे।
यस सम्झौता पछि रेमिट्याप प्रयोगकर्ताले रेमिट्याप मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन्। इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्वीचमार्फत कारोबारको भुक्तानी तथा फर्छ्यौट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ।
विगत २० वर्षदेखि कार्डलगायत भुक्तानीका विभिन्न सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र नेपाली वालेट प्रयोगकर्ता माझ लोकप्रिय रेमिट्याप वालेटवीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ।
फागुन २१, २०७९ आइतबार १९:१६:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।