ए डिभिजन लिग : दीपक राजको दुई गोलमा सातदोबाटोको विजयी सुरुवात

ए डिभिजन लिग : दीपक राजको दुई गोलमा सातदोबाटोको विजयी सुरुवात

काठमाडौं : सातदोबाटो युथ क्लवले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ। ​​​​​​ सातदोबटोले न्युरोड टिम एनआरटीलाई २–१ गोल अन्तरले हराउँदै जित हासिल गरेको हो।

सातदोबाटोको जितमा दीपक राज ठकुरीले दुई गोल गरे।  एनआरटीका लागि निकोलस सङले एक गोल फर्काएका थिए। खेलको ४५ औं मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई सुरुवाती अग्रता दिलाएका थिए।

तर, पहिलो हाफको इन्जुरी समयमा निकोलसले गोल गर्दै एनआरटीलाई १–१ को बराबरीमा ल्याए। ८४ औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २–१ को जित दिलाए। जितसँगै सातदोबाटोले पहिलो खेलबाट ३ अंक जोडेको छ।

उता अर्को खेलमा त्रिभुवन आर्मी क्लव र संकटा क्लवले भने बराबरी खेल्दै अंक बाँडेका छन्। दशरथ रंगशालामा आइतवार सम्पन्न खेलमा आर्मी र संकटाले गोलरहित बराबरी खेलेका हुन्।

खेलमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा गोल गर्नबाट चुकेका थिए। खेल बराबरीमा रोकिएसँगै दुवै टोलीले पहिलो खेलमा १–१ अंक बाँडेका छन्। 

फागुन २१, २०७९ आइतबार १९:००:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।