हिमालयन ब्रुअरीले प्रिमियम बियर ‘हिमालयन’ ल्यायो

हिमालयन ब्रुअरीले  प्रिमियम बियर ‘हिमालयन’ ल्यायो

काठमाडौं : सिजी होल्डिङ्सअन्तर्गतको अल्को–वेभ डिभिजन हिमालयन ब्रुअरीले प्रिमियम बियर ‘हिमालयन’ नेपाली बजारमा ल्याएको छ। लोकप्रिय ‘होली पर्व’ लाई लक्षित गरी सो बियर नेपाली बजारमा ल्याइएको हो।

गोदावरीको मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो बियर स्प्रिङ वाटर प्रयोग भई उत्पादन भएको बियर हो। उत्कृष्ट युरोपेली हप्स र टु–रो माल्टबाट बनेको यो बियरको स्वाद नयाँ र रिफ्रेशिङ्ग भएको कम्पनीले जनाएको छ।  

‘फर द वन हु डेयरस्’ नारामा लन्च भएको यस बियरमा ६% अल्कोहल रहेको कम्पनीले जनाएको छ। 

हिमालयन बियर ३३० एम.एल. र ६५० एम.एल. बोतलमा उपलब्ध छ। यस बियर को ६५० एम.एल.को बोतलको मूल्य ३१० रुपैयाँ र ३३० एम.एल.को बोतलको मूल्य १६५ रुपैयाँ कायम गरिएको छ। 

फागुन २१, २०७९ आइतबार १८:४३:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।