नौ सामुदायिक विद्यालयमा एनएमबिको डस्टबीन

नौ सामुदायिक विद्यालयमा एनएमबिको डस्टबीन

काठमाडौँ : एनएमबि बैङ्क लिमिटेडले झापाको धुलाबारीमा रहेका नौ वटा सामुदायिक विद्यालयमा फोहोर राख्ने भाँडो बाँडेको छ। संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम बैङ्कले डस्टबिन बाँडेको हो।

समुदायको विद्यालयको सरसफाइ तथा विद्यार्थीलाई फोहोर व्यवस्थापनको बानी बसाल्ने उद्देश्यले ९ वटा साना तथा ठुला सामुदायिक  विद्यालयमा डस्टविन बाँडिएको बैङ्कले जानकारी दिएको छ।

उक्त कार्यक्रमलाई धुलाबारी खानेपानी उपभोक्ता संस्थाले सहजीकरण गरेको थियो। कार्यक्रममा बैङ्कको तर्फबाट एरिया प्रमुख नरेन्द्र सुवेदी, सिनीयर बिजनेस म्यानेजर प्रमोद शर्मा र धुलाबारी शाखा प्रबन्धक भरत शर्मा खरेल सहभागी थिए।

खानेपानी कार्यालयबाट अध्यक्ष अजय घिमिरे लगायत अन्य पदाधिकारी कार्यक्रममा उपस्थित थिए। 

फागुन २१, २०७९ आइतबार १७:२६:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।