‘रोयल ब्लु’ बन्यो सातदोबाटो युथ क्लबको मुख्य प्रायोजक

काठमाडौं : शुक्रबारदेखि सुरु भएको सहिद स्मारक ए डिभिजन लिग खेलिरहेको सातदोबाटो युथ क्लबको मुख्य प्रायोजकको रुपमा ‘रोयल ब्लु’ रहेको छ।
सातदोबाटोसँग रोयल ब्लुको उत्पादक कम्पनी सागर डिस्टिलरीले प्रायोजना सम्झौता गरेको हो। सम्झौताअनुसार रोयल ब्लु एक वर्षका लागि क्लबको मुख्य प्रायोजकको रुपमा रहनेछ।
एक कार्यक्रमबीच सागर डिस्टिलरीका हेड अफ ब्राण्ड रितिक शाही र क्लबका अध्यक्ष कपिल राना मगरले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।
सम्झौता अनुसार क्लबले रोयल ब्लु सातदोबाटो युथ क्लबका नाममा लिगमा प्रतिस्पर्धा गरिरहेको छ। सातदोबाटो युथ क्लब गत वर्ष लिगमा चौथो थियो।
फागुन २१, २०७९ आइतबार १६:४३:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।