एक तोला सुनको मूल्य एक लाख दुई हजार आठ सय

एक तोला सुनको मूल्य एक लाख दुई हजार आठ सय

काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुन तोलामा तीन सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार आठ सयमा कारोबार भइरहेको छ। आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार तीन सय छ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २७५ पुगेको महासङ्घले जनाएको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

फागुन २१, २०७९ आइतबार १२:०२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।