ग्रोइन इन्जुरी भएपछि कुशल भुर्तेलको ठाउँमा सन्दीप जोराले खेल्ने

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले चोटका कारण खेल गुमाउने भएका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज एक सूचनामार्फत् कुशलले खेल गुमाउने बताएको हो।
उनको स्थानमा सन्दीप जोरालाई मौका दिइने भएको छ।
कुशललाई ग्रोइन इन्जुरी भएको क्यानले जनाएको छ। यो भनेको तिघ्राको भित्री मासुमा चोट पुग्नु वा च्यातिनु हो।
नेपाली टोली हाल यूएईमा छ। त्यहाँ आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय प्रतियोगिता खेलिरहेको छ।
यसक्रममा भोलि नेपालले यूएईको सामना गर्दैछ। उक्त खेलमा कुशल हुने छैनन्।
फागुन २१, २०७९ आइतबार १०:०५:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।