अन्तर्घात छानबिनको प्रतिवेदन सार्वजनिक हुन्छ : उपेन्द्र यादव

काठमाडौं: जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्तर्घात छानबिनको प्रतिवेदन सार्वजनिक हुने बताएका छन्। शनिबार छानबिन समितिको प्रतिवेदन बुझ्दै उनले यस्तो बताएका हुन्।
‘प्रतिवेदन आगामी बैठकमा प्रस्तुत हुन्छ’, उनले भने। यो प्रतिवेदनले भविष्यमा अनुशासित र मर्यादित पार्टी पङ्क्ति तयार गर्ने र आउने पिँढीलाई मार्गनिर्देश गर्ने अध्यक्ष यादवले बताए।
शिवलाल थापा संयोजकत्वको छानबिन समितिले गत मंसिरमा सम्पन्न निर्वाचनमा भएको अन्तर्घातको स्थलगत रूपमा तयार पारेको प्रतिवेदनमा केन्द्रदेखि स्थानीय तहसम्मका ८० जना नेता, कार्यकर्तालाई कारबाहीको लागि सिफारिस गरिएको छ।
फागुन २१, २०७९ आइतबार ०८:२४:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।