क्षेत्रीहरू आदिवासी हुन् : उपराष्ट्रपति पुन

क्षेत्रीहरू आदिवासी हुन् : उपराष्ट्रपति पुन

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले क्षेत्रीहरू आदिवासी भएको निष्कर्षमा आफू पुगेको बताएका छन्।

शनिबार काठमाडौंको कलंकीस्थित नेपाल मगर संघको भवन पुनर्निर्माण तथा शालिक अनावरण कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले क्षेत्रीहरू आदिवासी हुन वा होइनन् भन्ने कुरामा गहिरिएर अध्ययन गर्न नेपाल मगर संघलाई आग्रह गरे।

आदिवासी जनजातिहरूले आफ्नो पहिचानको मुद्दालाई छाड्न नहुने पनि बताए। संविधानमा कतिपय विषय समावेश गरिए पनि कतिपय विषय आउन बाँकी रहेकाले त्यसलाई स्थापित गराउनका लागि आदिवासी जनजातिहरूले एकतावद्ध भएर सरकारलाई खबरदारी गरिरहनुपर्ने पनि उनको भनाइ छ।

उपराष्ट्रपति पुनले आदिवासी जनजातिहरूको पहिचान स्थापित गराउनका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

‘मेरो अध्ययनले क्षेत्रीहरू आदिवासी नै हुन् भनेर महशुस गर्छ। पहिचानको मुद्दालाई हामीले कहिल्यै पनि छोड्नु हुँदैन। हाम्रा कतिपय मुद्दाहरू संविधान सम्बोधन हुने क्रममा छन्। त्यसका लागि हामीले संविधान संशोधनका लागि कोसिसहरू गर्ने नै छौं।’

उपराष्ट्रपति पुनले आदिवासी जनजातिहरूको एकता टुट्यो भने उनीहरूले उठाउँदै आएका पहिचानको मुद्दा पनि ओझेलमा पर्ने तर्क गरे। उनले नेपाल मगर संघले आदिवासी जनजाति योद्धाहरूको योगदानको स्मरण गर्दै अघि बढ्नुपर्ने बताए।

फागुन २०, २०७९ शनिबार १७:३५:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।