शहीद स्मारक ए डिभिजन लिगमा अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेश

काठमाडौं : काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिगका सम्पूर्ण खेलहरूमा अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकहरूका लागि निःशुल्क प्रवेश दिइने भएको छ।
शनिबार एक विज्ञप्ति निकालेर टिकेटिङ पार्टनर एमडीएसी स्पोर्ट्सले लिग भइरहेको तीनवटै रंगशालामा अपाङ्गता तथा ज्येष्ठ नागरिकहरूले परिचयपत्र देखाएर निःशुल्क प्रवेश पाउने व्यवस्था मिलाइएको जनाएको छ।
शुक्रबारदेखि सुरू भएको लिग दशरथ रंगशाला,च्यासल मैदान र एन्फा कप्लेक्समा भइरहेका छन्।
अन्यहरूको हकमा टिकटको मूल्य सामान्य प्याराफिटतर्फ १ सय रूपैयाँ र भीआईपी प्याराफिटतर्फ तीन सय रुपैयाँ तोकिएको छ।
फागुन २०, २०७९ शनिबार १५:१८:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।