संघीयता खारेजी र हिन्दु राष्ट्रको माग गर्दै काठमाडौंमा प्रदर्शन

संघीयता खारेजी र हिन्दु राष्ट्रको माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं : संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्न माग राख्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौंमा प्रदर्शन गरेको छ।

 

शनिबार व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको महाअभियानले काठमाडौंको माइतीघरमा भेला भएर नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागीहरूले नेपाललाई हिन्दु राष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने भन्दै राजतन्त्रको पक्षमा नाराबाजी गरेका छन्।

पूर्वराजा ज्ञानेन्द शाहलाई उपस्थित गराई झापाबाट सुरू भएको प्रसाईंको अभियानले देशका विभिन्न शहरमा प्रदर्शन गरिसकेको छ।

फागुन २०, २०७९ शनिबार १४:५१:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।