अतिरिक्त समयमा १५ मिनेटभित्र तीन गोल गर्दै अल नासर विजयी

अतिरिक्त समयमा १५ मिनेटभित्र तीन गोल गर्दै अल नासर विजयी

एजेन्सी: साउदी प्रो लिगमा गए राति भएको अल नासर र अल बाटिनबीचको खेलमा अल नासर विजयी भएको छ। पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई भित्र्याएको अल नासर जितसँगै अङ्क तालिकामा शीर्ष स्थानमा छ।

१६ टोली सम्मिलित लिगमा अल बाटिन भने सबैभन्दा पुछारमा छ।

अल नासरले गए राति अल बाटिनलाई ३-१ गोलअन्तरले पराजित गरेको हो। यद्यपि, खेलको निर्धारित ९० मिनेट सकिँदासम्म पनि अल नासर १-० ले पछाडि थियो। अल बाटिनका रेन्जो लोपेज पेट्रोनले खेलको १७औँ मिनेटमा गोल गरेका थिए।

रेफ्रीले ९० मिनेटको खेलपछि १२ मिनेटको अतिरिक्त समय थपेपछि अल नासरलाई फाइदा भयो। त्यस अवधिमा अल नासरले १५ मिनेटभित्र तीन गोल फर्कायो र खेलको दिशा मोडियो।

अल नासरका लागि अब्दुल्लाह घरीबले ९०+३ मिनेटमा, मोहम्मद अल फातीलले ९०+१२ मिनेटमा र मोहम्मद मरानले ९०+१४ मिनेटमा गोल गरेका हुन्।

फागुन २०, २०७९ शनिबार ०९:०७:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।