ए डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछ। आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुई र च्यासल मैदानमा एक खेल हुनेछ।
आजको पहिलो खेल थ्री स्टार र एपीएफ क्लबबीच २:३० बाट खेल सुरु हुनेछ। यो खेल दशरथ रङ्गशालामा हुनेछ।
यस्तै २:३० मै च्यासल मैदानमा नेपाल पुलिस क्लब र चर्च ब्वाइजबीच खेल हुनेछ।
आजको तेस्रो तथा अन्तिम खेल साँझ ५:३० बाट सुरु हुनेछ। यो खेलमा मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा क्लब भिड्नेछन्।
यस पटकको लिगमा कुल १८२ खेल हुनेछ। विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन्।
फेयर प्ले टोलीले पुरस्कारबापत तीन लाख पाउनेछन्। मोस्ट भ्यालुएबल खेलाडीले तीन लाख, सर्वाधिक गोलकर्ता र
सर्वोत्कृष्ट गोलकिपरले दुई-दुई लाख र इमर्जिङ प्लेयरले एक लाख ५० हजार रुपैयाँ पाउनेछन्।
प्रत्येक खेलको विजेता क्लबले 'म्याच मनी'बापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ।
हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन्।
फागुन २०, २०७९ शनिबार ०८:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।