राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा रामचन्द्र पौडेल, लामिछानेसँग मागे भोट

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा रामचन्द्र पौडेल, लामिछानेसँग मागे भोट

काठमाडौं : आठ दलीय गठबन्धनबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल मत माग्न राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय पुगेका छन्।

बुधबार दिउँसो बसुन्धरास्थित कार्यालय पुगेर पौडेलले सभापति रवि लामिछानेसहितका नेताहरूसँग आफूलाई सघाउने आग्रह गरेका हुन्।

पौडेलसँगै कांग्रेस प्रमुख सचेतक रमेश लेखक, प्रवक्ता डा. प्रकाशशरण महतका नेताहरू थिए।

रास्वपाको तर्फबाट छलफलमा सभापति लामिछाने, उप–सभापति डीपी अर्याललगायत नेताहरू सहभागी थिए।

बिहीबार एमालेका उम्मेदवार सुवास नेम्वाङले पनि रास्वपा नेताहरूलाई भेटेर आफूलाई सघाउन आग्रह गरेका थिए।

अहिले पौडेल र नेम्वाङ अन्य दलहरूसँग भोट माग्न दौडधुप गरिरहेका छन्।

फागुन १९, २०७९ शुक्रबार २२:१३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।