‘आईएमई पे’को ‘सेन्ड मनी’ फिचरबाट पैसा पठाउँदा कुनै शुल्क नलाग्ने

काठमाडौं : ‘आईएमई पे’मा रहेको ‘सेन्ड मनी’ फिचरबाट प्रयोगकर्ताहरूले पैसा पठाउँदा कुनै शुल्क नलाग्ने भएको छ।
‘आईएमई पे’ आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो। आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले ‘आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउँछ।
आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण नेपाली जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान दिने लक्ष्य लिएको छ ।
आईएमई पेको मद्दतबाट सेवाग्राही आफैंले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्छन्।
यसले व्यक्ति–व्यक्तिकाबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने, विभिन्न घरयासी तथा कार्यालयका बिलहरू भुक्तानी, विद्युत तथा खानेपानीको महशुल भुक्तानी लगायतका विभिन्न सेवा प्रदान गर्दै आइरहेको छ।
मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ। जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आईएमई पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो।
फागुन १९, २०७९ शुक्रबार १७:२३:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।