ग्रिनसिटी अस्पतालमा तीस किलोको ट्युमरको सफल शल्यक्रिया

ग्रिनसिटी अस्पतालमा तीस किलोको ट्युमरको सफल शल्यक्रिया

काठमाडौं : ग्रीनसिटी अस्पतालले तीस किलो भन्दा बढि तौल भएको ट्युमरको सफल शल्यक्रिया गरेको छ।

 

अस्पतालले माघ ५ गते ताप्लेजुङका ४९ वर्षीया रिता शेर्पाको तीस किलोभन्दा बढि तौल भएको ट्युमरको सफल शल्यक्रिया गरेको हो। अस्पातलले आर्थिक रुपमा कमजोर रहेकी शेर्पालाई निःशुल्क शल्यक्रिया गरेको हो।

अस्पतालले टयुमरको शल्यक्रियाका लागि पाँच लाखभन्दा बढि खर्च गरेको र बाहिर शल्यक्रिया गर्दा आठ लाखभन्दा बढि खर्च लाग्ने जनाएको छ। अस्पतालले शेर्पा जस्ता जटिल प्रकृतिका रोगको शल्यक्रिया निःशुल्क रूपमा गर्दै आएको छ।

तीस केजीको ट्युमरले हिँड्न नमिल्ने, खाना बस्न समेत अफ्ठ्यारो रहेकोमा शल्यक्रियापछि भने दैनिकी सामान्य अवस्थामा आएको अस्पतालकी चिकित्सक रुपा झाले बताइन्।

फागुन १९, २०७९ शुक्रबार १६:४५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।