पीएनजीले दियो १८० रनको मध्यम लक्ष्य, नेपालको कसिलो बलिङ

पीएनजीले दियो १८० रनको मध्यम लक्ष्य, नेपालको कसिलो बलिङ

काठमाडौं : नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा पीएनजीसँग जितका लागि १८० रनको मध्यम लक्ष्य पाएको छ।

नेपालको धारिलो बलिङको अगाडि खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पीएनजी अन्तिम चार बल खेल्नु अगावै १७९ रनमा अल आउट भयो।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा पीएनजीका लागि ओपनर टोनी उराले सर्वाधिक ३९ र डोरिगाले २६ रन जोडेका थिए।

यी दुईले पहिलो विकेटमा लागि ४२ रनको साझेदारी गरेपनि यसपछि भने अन्य ब्याटरले गतिलो रन बनाउन सकेनन्।

नेपालका लागि बलिङमा दीपेन्द्रसिंह ऐरीले १० ओभरमा ३० रन खर्चेर २ विकेट लिँदा सोमपाल कामीले पनि १० ओभरमा ३९ रन खर्चेर २ विकेट नै झारे।

यसबाहेक सन्दीप लामिछाने, कुशल मल्ल र करण केसीले एक-एक विकेट लिएका थिए।

फागुन १९, २०७९ शुक्रबार १५:३०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।