भारतले तेस्रो दिनमै हार्‍यो टेस्ट, अस्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा

भारतले तेस्रो दिनमै हार्‍यो टेस्ट, अस्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा

एजेन्सी : भारतलाई उसैको घरेलु मैदानमा हराउँदै अष्ट्रेलिया आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा प्रवेश गरेको छ।

भारतमा जारी टेस्ट सिरिजको तेस्रो टेस्टमा अष्ट्रेलियाले भारतलाई ९ विकेटले हरायो। चार खेलको सिरिजमा सुरुवाती दुई खेल हारेको अष्ट्रेलियाले यो जितसँगै सिरिजलाई २-१ को अवस्थामा पुर्याएको छ।

साथै जितसँगै अष्ट्रेलिया टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्दा अब भारत भने अन्तिम टेस्ट जितेमा मात्र टेस्ट च्याम्पियनसिप फाइनलमा पुग्न सक्छ।

खेलको तेस्रो दिन जितको लागि ७६ रनको सामान्य विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले उक्त लक्ष्य १८.५ ओभरमा मात्र १ विकेट गुमाउँदै पूरा गर्यो।

जसका लागि ओपनर ट्रर्विस हेडले सर्वाधिक ४६ र लाबुसेनले अविजित २८ रनको योगदान दिए। खेलको पहिलो इनिङमा भारत १०९ रनमा अल आउट हुँदा अष्ट्रेलियाले १९७ रन जोडेको थियो।

यसपछि भारत दोस्रो इनिङमा १६३ रनमा अल आउट हँदा अष्ट्रेलियाले ७६ रनको लक्ष्य पाएको थियो।

अष्ट्रेलियाको जितमा स्पिनर नाथन लायनले सानदार बलिङ गरे। पहिलो इनिङमा ३ विकेट लिएका उनले दोस्रो इनिङमा सर्वाधिक ८ विकेट लिएका थिए।

फागुन १९, २०७९ शुक्रबार १५:०९:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।