नेपाली मिडियाहरु चर्चित नेताका पछि मात्रै दौडिए : सभामुख घिमिरे

नेपाली मिडियाहरु चर्चित नेताका पछि मात्रै दौडिए : सभामुख घिमिरे

काठमाडौं : सभामुख देवराज घिमिरेले सञ्चारमाध्यमहरुले विशेष नेता र चर्चामा आएका विषय बाहेकका अन्य कुरामा समाचार नबनाउने गरेको बताएका छन्।

शुक्रवार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित ‘मिडियामा महिलाका विचार’ गोष्ठी कार्यक्रममा बोल्दै घिमिरेले नेपाली मिडियामा महिलाहरुको सहभागिता र सक्रियता अनुसारको प्रचार हुन नसकेको बताए।

संसद् र अन्य संघसंस्थाहरुमा पनि महिलाहरुको सक्रियता र सहभागिता बढिरहेको भएपनि सञ्चारमाध्यमहरुले सो अनुसार प्रचारप्रसार नगरेको उनले उल्लेख गरे। 

उनले भने, ‘मिडियाहरुको आकर्षण के छ भने, अहिले विशेष नेताहरु बोल्ने दिन छ भने मिडियाहरुको उपस्थिति देखिन्छ। नभए करिब शून्य हुन्छ। अहिले मिडियाहरुले कन्टेनमा के छ त्यसलाई नहेरेर, चर्चामा रहेका विषय र नेताहरुको प्रचारमा मात्रै जाने देखेको छु।’ 

‘संसदभित्र पनि महिलाहरुको सहभागिता राम्रै छ। सक्षमता पनि छ, सक्रियता पनि छ। सहभागिता पनि छ। तर जुन किसिमको महिलाहरुको सहभागिता र सक्रियता छ, त्यो ढंगको मिडियाहरुले बाहिर प्रचार गर्न सकेको छैन,’ उनले थपे।

फागुन १९, २०७९ शुक्रबार १३:१६:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।