थोरैले घट्यो सुनको मूल्य

काठमाडौं: नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुन तोलामा रु एक सयले घटेको हो।
यसअघि एक लाख दुई हजार ६०० रुपैयाँ प्रतितोला रहेको छापावाल सुनको मूल्य आज एक लाख दुई हजार ५०० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ।
आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार छ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २६५ तोकिएको महासङ्घले जनाएको छ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।
फागुन १९, २०७९ शुक्रबार ११:१७:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।